निरन्तर ओरालो लाग्दै सुनचाँदीको मूल्य

-



     सफल आवाज    
     श्रावण २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ साउन । सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ । लगातार दुई दिनमा सुनको मुल्य २ हजार ५०० रुपैयाँ घटेको छ । चाँदीमा रुपैयाँ ५० ले गिरावट भएको छ ।

साताको दोश्रो दिन सोमबार छापावाला सुनको मुल्य रुपैयाँ १००० ले घटेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा आज २५ रुपैयाँ गिरावट भई प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।