बढ्यो आँधिखोला लघुवित्त वित्तीय संस्थाको नाफा

-



     सफल आवाज    
     श्रावण २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ साउन । आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा मनग्यै नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको सार्वजनिक गरिएको वित्तीय विवरणले संस्थाको खुद नाफा बढेको देखिएको छ ।

पूरानो आर्थिक वर्षको असारको अन्त्यसम्ममा संस्थाले ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जो अघिल्लो पटकको भन्दा ११४.९५ प्रतिशत बढी हो ।

लघुवित्तले जोखिम व्यवस्थापन रकम नछुट्याएपछि खुद ब्याज तथा संचालन मुनाफामा बृद्धि भएको हो । संस्थाको ब्याज आम्दानी ३८.६९ प्रतिशत बढेको देखिन्छ । संचालन नाफा १०२.८५ प्रतिशत बढेको छ भने २० लाख खराब कर्जा उठाउन सफल भएको छ ।

संस्थाको जगेडा कोषको रकम १०६.५९ प्रतिशत बढेको छ । सो अवधिमा ५१.४७ प्रतिशत सापटी लिएको पाईन्छ भने निक्षेप २९.१४ प्रतिशत र कर्जा ४८.८८ प्रतिशत बढेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५ पैसा रहेकोमा बढेर ४१ रुपैयाँ ६ पैसा पुगेको छ ।