२४.२२ प्रतिशतले घट्यो साल्ट ट्रेडिङ कर्पोरेशनको नाफा

-



     सफल आवाज    
     श्रावण २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ साउन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको खुद नाफा घटेको छ । सार्वजनिक भएको आर्थिक वर्ष २०७७/२०७८ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा घटेको देखिएको छ ।

असारकाे अन्त्यसम्म कम्पनीले ४ करोड ७९ लाख २० हजार रुपैयाँ नाफा कमाएकाे छ । यो नाफा अघिल्लो पटकको सोहि अवधिको भन्दा २४.२२ प्रतिशत कम हो । गत वर्ष कम्पनीको नाफा ६ करोड ३२ लाख ३९ हजार रहेको थियो ।

कम्पनीले बिक्री आम्दानी बृद्धि भएको जनाएको छ । समिक्षा अवधिमा बिक्री आम्दानी १० अर्ब ४० करोड ३५ लाख पुगेको जनाईएको छ । अघिल्लो पटक यो नाफा ९ अर्ब ७४ करोड १५ लाख रहेको थियो ।

कम्पनीको जगेडा कोषमा १ अर्ब ३२ करोड ८१ लाख रहेको छ भने चुक्ता पूँजी २३ करोड ४ लाख रुपैयाँ रहेको छ ।