प्रि-ओपन सेसन : १०.७१ अंकले बढ्याे नेप्से परिसूचक

-



     सफल आवाज    
     श्रावण २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, साउन । नयाँ आर्थिक वर्षको पहिलो महिना सकिनै लाग्दा साताको तेश्रो दिन मंगलबार शेयर बजारको लय सकारात्मक देखिएको छ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक १०.७१ अंकले बढेको छ ।

नेप्से १०.७१ अंकलके बढेर ३१२०.२९ विन्दुमा पुगेको छ । नेप्से ०.३४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.४५ अंकले बढेर ५७७.४१ विन्दुमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म कुल ७२ कम्पनीको शेयर कारोबार भएको छ । ३८ हजार ५९४ कित्ता शेयरको खरिदबिक्रीबाट २२ करोड ३८ लाख ३ हजार ३४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये दुई बाहेक सबैमा हरियाली छाएको छ । बजार बन्द हुँदाको समयसम्म नकारात्मक वा सकारात्मक दुवै खालको नतिजा आउने शंभावना कायमै रहने भएकोले सम्पूर्ण अवस्थाका लागि त्यो समयसम्म कुर्नै पर्छ ।