५१.८६ अंकले बढ्यो नेप्से, विकास बैंक र फाइनान्सतर्फ झुम्मिए लगानीकर्ता

-



     सफल आवाज    
     श्रावण २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ साउन । केहि समय निकै आरोह अवरोहकाबीच चल्दै आएको शेयर बजारमा साताको तेश्रो दिन मंगलबार भने चमक देखिएको छ ।

अधिकांश सूचकहरुमा हरियो लागेता पनि विकास बैंक तथा फाइनान्सतर्फ लगानीकर्ताहरु झुम्मिएका छन् । यसदिन कारोबार रकममा पनि बढोत्तरी भएको छ । कारोबार १८ अर्ब नजिक पुगेको छ ।

नेप्से परिसूचक ५१.८६ अंकले बृद्धि भएको छ । यसरी बढेको नेप्से परिसूचक ३१६१.४४ विन्दुमा पुगेको छ । नेप्से १.६७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १२ अंकले बढेर ५८७.९५ विन्दुमा पुगेको छ ।

कुल २२५ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयरको खरिदबिक्रीबाट १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार दुई सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

तेह्र उपसमूहमध्ये तीन उपसमूह बाहेक सबैमा हरियाली छाएको छ । व्यापार, होटल तथा पर्यटन र हाइड्रोपावरमा रातो लागेको छ । उनीहरुको शेयर घटेको छ ।

आज १० उपसमूहमा हरियाली छाएको छ । उनीहरुको शेयर बढेको छ । सबैभन्दा बढी विकास बैंक उपसमूहतर्फ ८.०७ प्रतिशतले बृद्धि भएको छ । यसपछि फाइनान्सतर्फ ६.७८ प्रतिशतले बृद्धि भएको छ ।

यस्तै बैंकिङतर्फ १.८७ प्रतिशतले, नीर्जिवन बीमातर्फ ०.९८ प्रतिशत, उत्पादनतर्फ ०.६७ प्रतिशत, अन्यतर्फ ०.४१ प्रतिशत, माइक्रोफाइनान्सतर्फ १.२९ प्रतिशत, जीवन बीमातर्फ १.१८ प्रतिशत, म्युचुअल फण्डतर्फ ०.३९ प्रतिशत र लगानी उपसमूहतर्फ १.८६ प्रतिशतले बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको ८९ करोड ३३ लाख ४ हजार ६०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।