घिसिङ प्राधिकरणमा आएकै दिन हाइड्रोमा बढी आकर्षण, काराेबारमा उत्साह

-



     आ।जू विष्ट सल्यानी    
     श्रावण २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ साउन । कहिलेकाँहि संयोग यस्तो पनि परेकाे देखिन्छ। साताको चौथो दिन बुधबार नेपाल विद्युत प्राधिकरणको कार्यकारी दिर्नेशकमा कुलमान घिसिङ नियुक्त भएकाे खबर आएसंगै लगानीकर्ताहरुको बढी आकर्षण हाइड्रोपावरमा देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य सुधार भएको छ । अधिकांश सूचकहरु घटेका भएपनि कारोबार रकम भने उत्साहजनक रहेको छ ।

नेप्से ०.९४ अंकले बृद्धि भएको छ । यसरी बढेको नेप्से ३१६२.५९ विन्दुमा पुगेको छ । नेप्से ०.०३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने घटेको छ । यो २.३८ अंकले घटेर ५८५.७१ विन्दुमा झरेको छ ।

कुल २३० वटा कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयरको खरिदबिक्रीबाट १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज हाइड्रोमा लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ । यस उपसमूहतर्फ ३.९२ प्रतिशतले बृद्धि भएको छ । होटल तथा पर्यटनतर्फ २.७८ प्रतिशतले, नीर्जिवन बीमा ०.३ प्रतिशतले, माइक्रोफाइनान्सतर्फ ०.१४ प्रतिशतले र जीवन बीमातर्फ ०.०६ प्रतिशतले बृद्धि भएको छ ।

रातो लागेका उपसमूहरुमा बैंकिङ ०.६७ प्रतिशतले, व्यापारतर्फ १.२५ प्रतिशतले, विकास बैंकतर्फ ०.७६ प्रतिशतले, फाइनान्सतर्फ ०.६६ प्रतिशतले घटेको छ । यस्तै उत्पादनतर्फ ०.०६ प्रतिशतले, अन्यतर्फ ०.५८ प्रतिशतले, म्युचुअल फण्डतर्फ ०.६१ प्रतिशतले र लगानी उपसमूहतर्फ ०.८७ प्रतिशत घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडको ६८ करोड, ७३ लाख ६ हजार ५६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।