रोटरी क्लव अफ पोखराले भलाम स्वाथ्य चौकिलाई दियो अक्सिजन सिलिण्डर र कन्स्ट्रेटर

-



     सफल आवाज    
     श्रावण २८ गते २०७८ मा प्रकाशित



पोखरा, २८ साउन । रोटरी क्लव अफ पोखराले आवश्यक परेका ठाउँ, संस्था र कार्यालयहरुमा स्वास्थ्य सामगी सहयोगको कार्यक्रमलाई निरन्तरता दिएको छ ।

क्लवले पोखरा महानगरपालिका वडा नं २० भलामस्थित स्वास्थ्य चौकिलाई २ थान अक्सिजन सिलिण्डर र १ थान कन्स्ट्रेटर सहयोग गरेको छ ।

क्लवका सचिव भूपालजंग कुँवरले ति सामगी स्वास्थ्य चौकिका इन्चार्ज विष्णुराज घिमिरेलाई हस्तान्तरण गरेका हुन ।

क्लवले अत्यावश्यक भएका ठाउँ तथा कार्यालयहरुमा यसपकारको सहयोगलाई निरन्तर दिईरहेको सचिव कुँवरले बताए ।