
काठमाडौं, २८ साउन । नेपालमा कूल जनसंख्याको १५ प्रतिशत जनसंख्याले कोरोना भाइरस विरुद्धको खोप पाएका छन् । त्यसमध्ये ९ प्रतिशतले दुवै डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले संसदलाई जानकारी गराए।
बिहीवार प्रतिनिधिसभा बैठकमा समय लिएर राज्यमन्त्री श्रेष्ठले ४५ लाख ७० हजारले पहिलो मात्रा खोप पाएको जानकारी गराए ।
यो संख्या कूल जनसंख्याको १५.५ प्रतिशत हो । २८ लाख ८८ हजार अर्थात् ९ प्रतिशत जनसंख्याले दुवै डोज खोप लगाएको उनले जानकारी दिए ।
मन्त्री श्रेष्ठले आगामी दिनमा काठमाडौं र तराईको बढी जनघनत्व भएका शहर र विद्यार्थीलाई प्राथमिकताका साथमा खोप लगाइने बताए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




