
काठमाडौं, २८ साउन । मौद्रिक नीति आउनै लाग्दा सकारात्मक अपेक्षा गरिरहेको शेयर बजारमा फेरि एकपटक नयाँ रेकर्ड कायम भएको छ । यो अल टाइम हाइ रेकर्ड हो ।
दिनदिनै नयाँ रेकर्ड कायम गर्दै आएको नेप्सेमा साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार नयाँ कीर्तिमान कायम भएको हो । आजको रेकर्ड अहिलेसम्मकै उचाईमा पुगेको रेकर्ड हो ।
शेयर बजार सकारात्मक दिशामा नयाँ रेकर्डकासाथ अगाडी बढेपछि लागनीकर्ताहरुमा जोश जाँगर भरिएको छ भने उनीहरु लगानीका लागि उत्सुक बनेका छन् ।
विकास बैंक उपसमूहमा लागेको लगानीकर्ताको लस्करले धानिएसंगै कारोबार रकममा पनि उल्लेखनिय प्रगति भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९.०० विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ५.४६ अंकले बढेर ५९१.१६ विन्दुमा पुगेको छ ।
कुल २२५ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयरको खरिदबिक्रीबाट १७ अर्ब ५१ करोड बत्तिस लाख ७६ हजार ११५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज लगानीकर्ताहरु विकास बैंक उपसमूहतर्फ आकर्षित भएका छन् । यस समूहतर्फ ६.३७ प्रतिशतले बृद्धि भएको छ । बैकिङ उपसमूह ०.४२ प्रतिशतले बृद्धि भएको छ । फाइनान्सतर्फ १.०७ प्रतिशत, उत्पादनतर्फ १.४८ प्रतिशतले, जीवन बीमातर्फ ०.१७ प्रतिशतले, म्युचुअल फण्डतर्फ ०.४५ प्रतिशतले र लगानी उपसमूहतर्फ १.४७ प्रतिशतले बृद्धि भएको छ ।
सात उपसमूहतर्फ भने रातो लागेको छ । व्यापार उपसमूहतर्फ १.५१ प्रतिशतले गिरावट भएको छ । होटल तथा पर्यटनतर्फ १ प्रतिशतले, हाइड्रोपावरतर्फ ०.६३ प्रतिशतले, नीर्जिवन बीमातर्फ ०.०८ प्रतिशतले, अन्यतर्फ ०.४३ प्रतिशतले र माइक्रोफाइनान्सतर्फ ०.१ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावरको ६२ करोड ७९ लाख ९७ हजार ८०० रुपैया २० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




