नेप्सेद्वारा सूचीकृत कम्पनीहरुलाई चार समूहमा वर्गिकरण (सूचीसहित)

-



     सफल आवाज    
     श्रावण २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ साउन । नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरुलाई चार भागमा वर्गिकरण गरेको जनाएको छ । नेप्सेले ए, बी, जी तथा जेड गरी चार समूहमा वर्गिकरण गरेको हो ।

नेप्सेका अनुसार समूह ए मा २० वठा वाणिज्य बैंक रहेका छन् । २ वटा विकास बैंक, एक फाइनान्स, एक लघुवित्त र ४ वटा हाइड्रोपावरसहित २८ वटा रहेका छन् ।

समूह बीमा एक वाणिज्य बैंक, १० वटा कम्पनी रहेका छन् । समूह जीमा २७ वटा कम्पनी रहेका छन । ७ वटा लघुवित्त, ५ वटा लगानी समूह र होटल तथा पर्यटन समूह रहेका छन् भने ६ वटा बीमा कम्पनी र ९ वटा जलविद्युत रहेका छन् ।

जेड समूहमा १४८ कम्पनीहरु सूचीवद्ध भएका छन् । ५ वाणिज्य बैंक, १४ वटा विकास बैंक, २० फाइनान्स, २२ बीमा कम्पनी, ४३ वटा लघुवित्त वित्तीय संस्था, २४ कम्पनी रहेका छन् । अन्य समूहका ३० वटा रहेका छन् ।

जेड समूहमा सिभिल बैंक, मछापुच्छ्रे बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र स्टयान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

वर्गिकरणकाे सूची हेराैंः