५.७२ अंकले बढ्यो नेप्से, करिब १६ अर्बको कारोबार

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३२ साउन । नयाँ आर्थिक वर्षको पहिलो महिनाको अन्तिम दिन सोमबार शेयर बजार सकारात्मक लयमा गएको छ । प्रि-ओपन सेसनमा नेप्सले गरेको उकालोको यात्रामा बीच बीचमा ब्रेक लागेता पनि बजार बन्द हुँदाको समयसम्म आउँदा भने शुरुकाे लयलाई पछ्याउँदै उकालो लाग्यो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.७२ अंकले बृद्धि भएर ३१६०.०५ विन्दुमा पुगेको छ । नेप्से ०.१८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.५६ अंकले बढेर ५९२.९३ विन्दुमा पुगेको छ ।

कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयरको खरिदबिक्रीबाट १५ अर्ब ९३ करोड ८९ लाख ७ हजार ९३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ७ वटामा हरियो लागेको छ । बाँकी ६ वटा उपसमूहमा रातो लागेको छ । व्यापार उपसमूहतर्फ १.६९ प्रतिशतले बृद्धि भएको छ । विकास बैंक उपसमूहतर्फ १.३४ प्रतिशतले, हाइड्रोपावरतर्फ १.१ प्रतिशतले बृद्धि भएको छ । यस्तै उत्पादनतर्फ २.२८ प्रतिशतले, अन्यतर्फ ०.१७ प्रतिशतले, माइक्रोफाइनान्सतर्फ ०.९७ प्रतिशतले र लगानीतर्फ २.२५ प्रतिशतले बृद्धि भएको छ ।

यस्तै होटल तथा पर्यटनतर्फ ०.८८ प्रतिशतले घटेको छ । फाइनान्सतर्फ ०.९७ प्रतिशतले, नीर्जिवन बीमातर्फ ०.४७ प्रतिशतले, जीवन बीमातर्फ ०.९६ प्रतिशतले र म्युचुअल फण्डतर्फ ०.१८ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ७४ करोड ९७ हजार ४५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।