यूनाइटेड इन्स्योरेन्सको २७ औं वार्षिक साधारण सभा सम्पन्न

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७८ मा प्रकाशित




काठमाडौं, ३२ साउन । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २७ औं वार्षिक साधारण सभा भर्चुअल माध्यम मार्फत हालै सम्पन्न भएकाे छ ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो । साथै कम्पनीको आ. व ०७७।०७८ को आषाढ मसान्त सम्मको नाफानोक्सान हिसाव, वासलात, नगद प्रबाह विवरणको बारेमा संंक्षिप्त जानकारी दिइएको थियो ।

कम्पनीका संचालक समितिको अध्यक्षबाट कम्पनी स्थापना भएको २८ आंै वर्षमा कम्पनीले प्रकाशित गरेको आ. व. ०७७।०७८ को चौथो वित्तीय विवरण अनुसार कम्पनीले बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलोपटक बीमा क्षेत्रको अर्ब क्लबमा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशत भन्दा बढिले वृद्धि गर्न सफल भएको जानकारी दिए ।

सभामा कुल बीमाशुल्क आम्दानी रु. ६९,८९,०३,९८३।८२ आर्जन भएको र कम्पनीको चुक्ता पुँजी रु ३०,२४,००,०००।०० मा २४० प्रतिशतले वृद्धि गरी १,०२,८१,६०,०००।०० भएको जानकारी गराइयो । साथै, आर्थिक वर्ष ०७७।०७८ का लागी बाह्य लेखापरीक्षक श्री एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरिएको बताइएको छ ।