सुनचाँदी दुबैको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     भाद्र १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ भाद्र । भाद्र महिनाको पहिलो तथा साताको तेश्रो दिन मंगलबार सुनचाँदीको भाउ उकालो लागेको छ । छपावाला सुनमा ४०० रुपैयाँ तथा चाँदीमा सामान्य १० ले रुपैयाँ बृद्धि भएको छ ।

नेपाल सुनचाादी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले बृद्धि भएर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा १० रुपैयाँले बृद्धि भएर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

वर्षे कामकाज सकेर किसानहरु थकाई मारेको अवस्था छ । समय चाडपर्वको पनि भएकोले र निकट समयमै लगातार चाडपर्वहरू नजिकीएकाेले अबको बजार सुरक्षित तवरले चलायमान हुने र कारोबारमा पनि निरन्तरता हुने अपेक्षा गरिएको छ ।