उपत्यका कोरोना संक्रमणकाे उच्च जोखिममा

-



     सफल आवाज    
     भाद्र २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ भदौ । काठमाडौँ उपत्यका कोरोना संक्रमितकाे उच्च जोखिममा रहेको छ । ५/६ सयको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा मंगलबार उपत्यकामा कोरोना संक्रमितकाे संख्या बढेर १ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मंगलबार ६ सय ७३ जना सङ्क्रमित थपिएका छन् । भक्तपुरमा १ सय ४१ सङ्क्रमित थपिँदा ललितपुरमा २ सय १९ जना सङ्क्रमित एकैदिन थपिएका हुन् ।

मंगलबार काठमाडौँ उपत्यकामा मात्र १ हजार ३३ जना कोरोना सङ्क्रमित थपिएका हुन् । ११ हजार ५ सय ६५ जनाको पीसीआर तथा ६ हजार १ सय २४ जनाको एन्टिजेन विधिबाट गरी कुल १७ हजार ६ सय ८९ जनाको कोरोनाको नमुना परीक्षण भएको छ ।