एनएमबि बैंकका दुई डिबेन्चर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     भाद्र ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ भदौ । एनएमबि बैंकका दुईवटा ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन् । सूचीकरण भएकाहरुमा एनएमबबि उर्जा ऋणपत्र २०९२/०९३ तथा एनएमबि ऋणपत्र २०८७/०८८ रहेका छन् ।

सूचीकरणमा एनएमबि उर्जा ऋणपत्रतर्फ १ हजार मूल्य अंकित दरको १५ लाख इकाई रहेको छ । जसको बिक्री प्रबन्धक हिमालयन क्यापिटल हो । लगानीकर्ताहरुले यसमा वार्षिक ४ प्रतिशत ब्याज पाउने भएका छन् ।

यस्तै अर्को एनएमबि ऋणपत्रतर्फ १ हजार मूल्य अंकित दरमा २० लाख इकाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएको छ । जसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो । लगानीकर्ताले यसबाट वार्षिक रुपमा साढे ८ प्रतिशत ब्याज पाउने भएका छन् ।