फेरि घटयो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     भाद्र ६ गते २०७८ मा प्रकाशित




काठमाडौं, ६ साउन । साताको पहिलो दिन आईतबार सुनचाँदीको भाउ घटेको छ । छापावाला सुनमा रुपैयाँ ३०० तथा चाँदीमा १५ रुपैयाँ घटेर काराेबार भइहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य ९० हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा रुपैयाँ १५ ले गिरावट भई प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।