नेप्सेमा आईतबार र सोमबार कारोबार बन्द

-



     सफल आवाज    
     भाद्र ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ भदौ । कि साताकाे पहिलो दिन वा शेयर कारोबार हुने अन्तिम दिनमा लगानीकर्ताहरुले शेयर बजारको लयमा सकारात्मक परिवर्तन होला नि भन्ने अपेक्षा सधैं गरिरहेका हुन्छन् । तर यस्तो भने जस्तो हुँदैन ।

अर्काे कुनै पनि प्रकारको विपत्ती, राजनीतिक अस्थिरता, नियमनकारी निकायमाथि उठ्ने गरेका प्रश्न र राज्यको अर्थनीतिले यसलाई केहि न केहि रुपमा प्रभाव पारिरहेको हुन्छ ।

साताको पहिलो दिन आईतबार अपेक्षा अनुसार शेयर बजार नखुल्दा कतिलाई मन खिन्न भएको हुनुपर्छ । तर यसमा दुई दिन झुक्किनु पर्ने कारण भने छैन ।

आज आईतबार र भोलि सोमबार शेयर बजार बन्द रहने भएका छन् । भदौ ६ मा जनै पूर्णिमा परेकोले बिदा परेको छ । सोमबार भदौ ७ गते गाईजात्रा परेकोले काठमाडौं उपत्यकामा बिदा दिईएको छ ।

नेप्सेमा भदौ ८ गते मंगलबारबाट भने कारोबार नियमित हुने भएको छ । कारोबार पूर्वान्ह ११ वजे शुरु हुनेछ । यसअघि बिहिबार कारोबार भएको थियो । कारोबार रकममा उत्साह जागे पनि नेप्से १८.२४ अंकले घटेर ३१८०.७८ विन्दुमा झरेको थियो । सो दिन कारोबार २० अर्ब ४९ करोड बढीको भएको थियो ।