पोखरा फाइनान्सको नाफा ७४.०५ प्रतिशतले बढ्यो

-



     सफल आवाज    
     भाद्र ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ भदौ । पोखरा फाइनान्सले १२ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म उक्त नाफा आर्जन गरेको हो ।

फाइनान्सले अघिल्लो पटक ७ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी ४.३५ प्रतिशत रहेको फाइनान्सको संचालन मुनाफा ७४.०५ प्रतिशत बढी भएको जनाईएको छ ।

पूरानो आर्थिक वर्षको असारको अन्त्यसम्म ८ अर्ब ९८ करोड निक्षेप संकलन गरेको छ । यस्तै कम्पनीले ५ अर्ब ८५ करोड कर्जा लगानी गरेको छ ।

कम्पनीले जगेडा कोषमा ३० करोड ५५ लाख राखेको छ । चुक्ता पूँजी ९६ करोड ३१ लाख रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर १३ रुपैयाँ १९ पैसा भएको छ । प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४१ पैसा रहेको छ ।