मानुषी लघुवित्तको आइपीओ आज बाँडफाँड गरिदैं, २३ लाखको हात खालि हुने

-



     सफल आवाज    
     भाद्र ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ भदौ । साउन २७ गतेदेखि साउन ३१ गतेसम्म ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर आईपीओ निष्काशन गरेको मानुषी लघुवित्त वित्तीय संस्थाले आज आइपीओ बाँडफाँड गर्दैछ ।

संस्थाले सर्वसाधारणका लागि निष्काशन गरिएको सो परिमाणको शेयर बाँडफाँड गर्ने भएको हो । आपीओको पिअलोटमेन्ट भदौ तीन गते सम्पन्न भएको थियो ।

कम्पनीको ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीका लागि र १९ हजार ६८८ कित्ता शेयर सामूहिक लागनी कोषका लागि छुटयाईएको छ । बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

मानुषीको आइपीओमा २४ लाख ३ हजार ५५ आवेदकले ३ करोड ६ लाख ३२ हजार ४५० कित्ताका लागि आवेदन दिएका थिए । जो ८३.१० गुणा बढी हो ।

आइपीओ बाँडफाँडको समयमा २३ लाख बढी आवेदकको मन खिन्न हुने भएको छ । शेयर नपरेर उनीहरुको हात रित्तै हुने भएको छ किनभने ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउने देखिन्छ । गोलाप्रथाबाट गरिने बाँडफाँडमा १० कित्ताको हिसाबले शेयर वितरण हुनेछ ।