सानिमा जनरल इन्स्योरेन्सको नाफा ५५.०२ प्रतिशतले बढ्यो, कस्ता छन् सूचक ?

-



     सफल आवाज    
     भाद्र ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ भदौ । सानिमा जनरल इन्स्योरेन्सले ८ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको चौथो त्रैमाससम्म आउँदा सानिमाले सो नाफा कमाएको हो । यो नाफा पहिलेको वर्षको भन्दा ५५.०२ प्रतिशतले बढी हो ।

इन्स्योरेन्सले अघिल्लो पटक सोहि अवधिमा ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विमा कोषको रकम पनि बढेको छ । बीमा कोषको रकम ७४ प्रतिशतले बढेर ९ करोड ९७ लाख भएको छ । अघिल्लो पटक यो रकम ५ करोड ७३ लाखमा सिमित थियो ।

कम्पनीको खुद बीमा शुल्क २०.५८ ले बढेर १६ करोड ३४ लाख पुगेको छ । प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा रहेको छ भने नेटवर्थ ११९.८४ पैसा रहेको छ ।

कम्पनीको जगेडा कोषमा ८ करोड ८५ लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजी १ अर्ब रहेको छ ।