
काठमाडौं, ८ भदौ साउन । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसीएल) ले साउन ५ गतेदेखि बिक्रीमा ल्याएको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।
कम्पनीले १०० रुपैयाँ मूल्य दरमा ११ करोड कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा ११ अर्ब रुपैया बराबरको जारी गरेको हो । हकप्रद शेयर निष्काशनको प्रयोजनका लागि कम्पनीले जेठ २८ मा बुक क्लोज गरेको थियो । जेठ २७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार गरी कायम रहेका शेयरधनीहरुले मात्रै हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयरका लागि ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंक र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डबाट सिआस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था र मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने छ । कम्पनीले केयर एनपी सिंगल ए माइनस आइएस रेटिङ पाएको छ । यसले वित्तीय दायित्व, नियमित भुक्तानीको सुनिश्चितता तथा जोखिम कम भएको संकेत गर्दछ ।
कम्पनीको १६ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा १ अर्ब ५७ करोड राखेको छ । हकप्रद शेयर निष्काशन तथा बिक्रीपछि चुक्ता पूँजी २२ अर्ब पुग्ने भएको छ । हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लाोबल आइएमई क्यापिटल रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




