
काठमाडाै, ८ भदाै । तमुधि यूकेले २९ अगष्ट (आइतबार) गर्न लागेको नेपाली मेलाको तयारी धमाधम भइरहेको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस पटक १२ औं संस्करण हो, जसमा लन्डनस्थित नेपाली दूतावासको सहकार्य छ ।
बेलायतकै सबैभन्दा वृहत फुटबल प्रतियोगिता ‘गोर्खा कप’ सकिएको महिनादिन भित्र केम्पटन पार्क रेस कोर्समा मेला हुने भएको हो । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव ‘मेलाको प्रमुख ‘थिम’ छ ।
आयोजक तमुधिं यूकेकाे पत्रकार सम्मेलनमा मेला संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरुङले तयारीबारे जानकारी दिए । करिब ३० हजार पाउण्ड अनुमानित खर्च रहेको मेलामा बेलायतस्थित विभिन्न १९ संघसंस्थाले भाग लिने तय भएको संयोजक गुरुङले जानकारी दिए । ती संस्थाले नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभुषा झल्कने विभिन्न झांकी, नृत्य प्रस्तुत गर्नेछन् । उनले कोभिड संक्रमण बढिरहेका बेला करिब तीन हजार दर्शक सहभागी हुने अनुमान गरिएको बताए ।

मेलामा खाना, च्यारिटी, हस्तकला लगायतका २७ व्यापारिक स्टल रहनेछन् । विभिन्न सांस्कृतिक प्रस्तुति र दर्शकले काटेको टिकटबाटै राफल ड्र पनि सञ्चालन गरिनेछ । राफल ड्र प्रथम विजेतालाई एक तोला सुन, द्धितिय विजेतालाई ट्याबलेट र तृतीयलाई एकसय पाउण्ड नगद दिइने तमुधिं यूकेले जनाएको छ । मेलामा सहभागी भएर नेपाली मौलिकपनको रसस्वादन गर्न तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले अपिल गरेका छन् ।
‘नेपाली मेला तमुधिं यूकेको मात्र नभइ समस्त बेलायतवासी नेपालीको हो र यो मुनाफा कमाउने उद्देश्यले गर्न लागिएको होइन’, अध्यक्ष गुरुङले प्रष्टयाए, ‘विदेशमा पनि नेपाली कला संस्कृति, रितिरिवाज, भेषभूषा, धर्म संरक्षण र प्रवर्धन हाम्रो मुख्य उद्देश्य हो ।
झांकीमा मात्र प्रथम हुनेलाई ५ सय पाउण्ड र दोश्रो हुनेलाई ३ सय पाउण्ड तथा नृत्यमा प्रथम हुनेलाई ५ सय पाउण्ड र दोश्रो विजेतालाई ३ सय पाउण्ड प्रदान गरिनेछ । मेलाका लागि दूतावासबाट २५ सय पाउण्ड सहयोग प्राप्त भएको तमुधिं यूकेले जनाएको छ ।
झांकी निर्णायकमा नेपाली कला, संस्कृतिविद ४ जना र नृत्यको निर्णायकमा ३ जना बेग्लै व्यक्ति रहने आयोजकले जनाएका छन् ।
महासचिव परशु गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा आमा समूहकी महासचिव यशोदा गुरुङले आफ्नो तयारीबारे जानकारी दिइन् । पत्रकार सम्मेलनमा पत्रकार महासंघ बेलायतअध्यक्ष ध्रुवराज अर्यालसहित शाखाका अधिकांश पदाधिकारी, अन्य पत्रकारहरु, सल्लाहकारहरु, इकाइ अध्यक्ष लगायतको सहभागिता रहेकाे तमुधिं यूकेका मिडिया सेक्रेटरी एसके गुरुङले जनाए ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




