नेप्सेमा गयो पहिरो, फाइनान्स र नीर्जिवन बीमाबाहेक ११ उपसमूह राताम्मै

-



     सफल आवाज    
     भाद्र ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ भदौं । साताको तेश्रो दिन शेयर बजार ओरालोको यात्रामा गएको छ । शेयर बजारमा दोहोरो अंको गिरावट भएको छ । कारोबार रकम भने सन्तोषजनक रहेको छ । फाइनान्स र नीर्जिवन बीमा उपसमूहबाहेक बाँकी ११ वटै उपसमूह राताम्मै भएका छन् ।

नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७ विन्दुमा झरेको छ । नेप्से १.७६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १२.८१ अंकले घटेर ५७७.६६ विन्दुमा पुगेको छ ।

कुल २२५ कम्पनीको कारोबार भएको छ । २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयरको खरिदबिक्रीबाट १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये फाइनान्स र नीर्जिवन बीमामा मात्रै हरियो लागेको छ । बाँकी ११ उपसमूह राताम्मै भएका छन् । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाईड्रोपावर, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ७५ करोड ४३ लाख ३३ हजार ७२३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।