
काठमाडौं, ८ भदौ । नेपाल स्टक एकसचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आज पदबाट राजिनामा दिएका छन् । साउदले बेलुकी ५ बजे स्टककै कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर राजिनामा दिएकाे जानकारी दिएका हुन । साउदको कार्यकाल आगामी असोज महिनासम्म रहेको थियो ।
साउदले आफु पदमा रहँदासम्म कुनै पनि प्रकारको मर्यादा बिपरीतको काम नगरेको बताए । उनले भने, मर्यादा विपरीत कुनै काम नगरेको हुँदा यस सम्बन्धी अनुसन्धान कार्यमा सहयोग पुर्याउन आजैको मितिदेखि राजिनामा दिएको छु ।
सर्वोत्तम सिमेन्टको शेयर परिवारका सदस्यको नाममा खरिद गरेको विषयमा संसदको अर्थ समितिले सेबोनका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई कारबाहीको लागि निर्देशन दिएको थियो ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




