घट्यो सुनको भाउ, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     भाद्र ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ भदौ । साताको चौथो दिन नेपाली बजारमा सुनचाँदीको भाउमा उतारचढाव देखिएको छ । छापावाला सुनमा ३०० ले गिरावट भएको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी सामान्य १० रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।