राताम्मै शेयर बजार, कारोबार रकममा पनि गिरावट

-



     सफल आवाज    
     भाद्र ९ गते २०७८ मा प्रकाशित



काटमाठौं, ९ भदौ । साताको चौथो दिन शेयर बजार राताम्मै भएको छ । १३ वटै उपसमूहरुको शेयर घटेको छ । अन्य दिनको तुलनामा कारोबार रकममा पनि कमि आएको छ । मंगलबार १६ अर्ब बढीकाे काराेबार भएकाेमा आज १२ अर्बमा झरेकाे छ ।


नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४४ विन्दुमा झरेको छ । नेप्से १.५५ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ९.६७ अंकले घटेर ५६७.९९ विन्दुमा रहेको छ ।


कुल दुईसय सत्ताइस कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयरको खरिदबिक्रीबाट १२ अर्ब ९२ करोड १० लाख ३ हजार ५०४ रुपैयाँ बराबरको कारोबार भएको छ ।


१३ वटै उपसमूह राताम्मै भएका छन् । सबैको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको हो ।


सम्पूर्ण सूचकहरु ऋणात्मक हुँदा कारोबारको आधारलाई हेर्दा अरुण काबेली पावर लिमिटेडको सबैभन्दा बढीको कारोबार भएको छ । कम्पनीको ४८ करोड ७१ लाख ५ हजार ३४६ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।