फेरि घट्यो सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     भाद्र १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० भदौ । साताको पाँचौ दिन बिहिबार सुनको मूल्यमा गिरावट भएको छ । चाँदीको मूल्य स्थिर रहि बुधबारकै मूल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ २०० ले गिरावट भएको छ । सुन घटेर प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी आज स्थिर रहि शुक्रबारकै मूल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको छ ।