साइग्रेस पोखरेलले भने- प्रविधिमा सनराइजको चमत्कार, मिस्डकल गरेर बिजुलीको बिल तिर्ने सुविधा

-



     सफल आवाज    
     भाद्र १० गते २०७८ मा प्रकाशित



काठमाडाैं, १० भाद्र । चर्चित स्टोरीटेलर साइग्रेस पोखरेलले आफ्नो फेसवुक पेजमा एउटा अत्यन्तै उपयोगी भिडियो पोष्ट गरे । मंगलबार साझ पोष्ट गरेको उक्त भिडियोमा उनले आफ्ना जीवन भोगाईका कुराहरु सेयर गरेका छन् । हिजो र आजको विकास क्रमलाई उनले सरल तरिकाले ब्याख्या गरेका छन् ।

हाल नेपाल बाहिर रहेका उनले आगामी दशैंमा नेपाल जाने सोच बनाएको विषयबाट आफ्नो भनाई सुरु गर्छन । उनले मोबाइलको उपयोगीताबारे चर्चा समेत गर्छन । भिडियो पोष्ट भएको ४८ घण्टा नबित्दै करिब एक लाखले उनको भिडियो हेरेका छन् ।
करिब १४ हजार भन्दा धरैले भिडियोलाई रियाक्ट नै गरेका छन् भने करिब ४ सय हाराहारीले भिडियाेलाई सेयर गरेका छन् । निकै राम्रो भ्यूज पाएको भिडियोमा आखिर उनले गर्न खोजेका चाहिँ के हुन् त ? यो विषयमा हामीले बुझ्ने प्रयास गर्यौ ।

भौतिक रुपमा हुनुपर्ने धेरै कामहरु अहिले मोवाइलबाटै हुन्छन् । विश्व डिजिटल युगमा प्रवेश गरेको छ । केही समय अघि यस्तो जमाना थियो, वर्ष दिनमा आउने क्यालेन्डरको निकै महत्व थियो । दशैंमा कति दिन बिदा हुन्थ्यो भनेर क्यालेन्डर हेर्नुपर्थाे ।

भित्तामा राखिएको क्लालेण्डरलाई पल्टाउदै नयाँ तस्वीरहरु हेरेर समेत रमाउने गरेको अनि वर्ष सकिएपछि तिनै क्यालेन्डरको किताबमा गाता लगाउने गरेका पलहरु उनले सम्झिएका छन् । अहिले मोबाइलमै क्यालेन्डर उपलब्ध हुन्छ । यस्तै क्यासेट, बालापनका गिरटिङ कार्डहरु, मायालु कविताका हरफहरु लगायतका यावत कुराहरु अहिले मोबाइलले रिप्लेस गरिदिएको रमाइला यादहरु भिडियोमा समावेश गरिएको छ ।
नेपालमा अहिले धेरै कामहरु गर्नका लागि लाइन बस्नै पर्ने बाध्यता पनि छ । आफूले यस विषयमा रिसर्च समेत गरेको भन्दै उनी भन्छन्, ‘हामी ११ कक्षामा पढ्दा सिम कार्ड लिन ८ घण्टा लाइन बस्नु परेका थियो, अझ बिजुली बिल तिर्न त अफिसबाट हाफ छुट्टि लिएर जानु परेको बताएका छन।

प्रविधिमा सनराइजको चमत्कार लाइन बस्नै पर्ने बिवशता र मोबाइल बढ्दो प्रयोगका विषयमा उनले रिसर्च गरेपछि एउटा नयाँ कुरा पत्ता लगाएको उनले भिडियोमा बताएका छन् । उनका अनुसार मिस्डकल गरेमात्रै पनि नेपालमा बिजुलीको भुक्तानी गर्न सकिने एकदमै नौलो र सजिलो सुविधा सनराइज बैंकले ल्याएको छ ।

यो नेपालका लागि नयाँ र विल्कुल फरक सुविधा हो । बिजुलीको बिल तिर्न घण्टौसम्म लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य गर्ने गरी सनराइजले यस्तो सुविधा ल्याएको उनले बताएका छन् । उनको भिडियो हेरिसके पछि हामीले थप पुष्टिका लागि सनराइज बैंकमा सम्पर्क गर्यौ । बैंकका ब्राण्ड प्रमुख सुमन थापाले यस कुराको पुष्टि गरे । उनका अनुसार अब मिस्डकल गरेमात्रै पनि बिजुलीको बिल तिर्न सकिन्छ ।

सनराइज बैंकले नेपालमै पहिलो पनि यति सहज सुविधा ल्याएको हो । विद्युत कार्यालयमै जादा लामो लाइन लाग्नुपर्छ । समयको धेरै खर्च हुन्छ । वालेट वा मोबाइल बैंकिङबाट तिर्नु पर्दा पनि धेरै प्रक्रियाहरु पुरा गर्नुपर्छ । यी सबै कामहरुलाई सहज र सरल बनाउनका लागि सनराइज बैंकले सर्वसाधारणलाई सहज बनाउन मिस्डकल गरेर बिजुलीको बिल तिर्न सकिने सुविधा ल्याएको हो । यो सुविधा अहिले सम्मकै सबभन्दा सजिलो र छिटो तरिका भएको थापाले बताए ।