फेरि बढ्यो सुनको मूल्य, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     भाद्र ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ भदौ । साताको छैंटौ दिन शुक्रबार सुनचाँदीको भाउमा फेरि तलमाथि भएको छ । छापावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भएको छ भने चाँदीमा १० रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाादी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको थियो ।


तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा भने आज सामान्य १० रुपैयाँले गिरावट भएको छ । चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।