
काठमाडौं, ११ भदौ । एनएमबि क्यापिटलले असोजको १ गते ११ औं वार्षिक साधारण सभा आव्हान गरेकाे छ । कम्पनीको संम्पन्न संचालक समितिको बैठकले साधारण सभा काठमाडौं, हात्तिसारस्थित आरण्य बुटिक होटलमा पूर्वान्ह साढे ११ वजे बोलाईएको हाे ।
संचालक समितिबाट प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७, ०७८ सम्मको सन्चित मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई स्वीकृति प्रदान गरिने कम्पनी सचिव आशिष राज पाण्डेले जनाएका छन् ।
बैंकको एनएमबि क्यापिटलमा शतप्रतिशत लगानी भएकोले सभाबाट पारित हुने लाभांश बैंकले पाउने छ । यस्तै सभामा गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह वितरण लगायतका एजेण्डाहरुमा छलफल गरी पारित गरिने छ । सभाबाट आर्थिक वर्ष ०७८, ०८९ को लागि लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक तोकिने भएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




