तेह्रथुम पावरकाे आइपीओमा ३० गुणा बढी आवेदन

-



     सफल आवाज    
     भाद्र १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा शुक्रबारसम्म १७ लाख बढी आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्। १७ लाख १८ हजार ६६३ जना आवेदकले २ अर्ब २८ करोड रूपैयाँ बराबरको २ करोड २८ लाख २ हजार १५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका हुन् ।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार यो सर्वसाधारणको लागि निष्काशनमा ल्याएको ७ लाख ४४ हजार कित्ताको ३०.६४ गुणा बढी हो ।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ। कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गेरको शेयरमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।