होन्डा एक्सआरई ३०० सार्वजनिक, विशेषता के छन् ?

-


     सफल आवाज    
     भाद्र १३ गते २०७८ मा प्रकाशित


काठमाडौं, १३ भदौ । होन्डा कम्पनीले नयाँ संस्करणको मोटरसाईकल एक्सआरई ३०० सार्वजनिक गरेको छ । यो होन्डाको वर्ष २०२१ को नयाँ सार्वजनिक गरिएको मोटरसाईकल हो ।

होन्डाको साहशिक रेसका लागि यो मोटरसाईकल उत्तम मानिएको छ । आकर्षक विशेषताहरु भएको होन्डा एक्सआरई ३०० लाई ब्राजिलमा सार्वजनिक गरिएको हो ।

जबरदस्त लुक्समा रहेको यो मोटरसाईकलमा डिजिटल डिस्प्ले, २१९ सीसिको इयर कुल्ड, सिंगल सिलिण्डर इन्जिन तथा पाँच स्पिड गियरबक्स रहेको छ ।

होन्डा एक्सआरईको इन्धन क्षमता १३.८ लिटर रहेको छ । नेपालमा आउँदासम्म यसको मूल्य ४ लाख ६४ हजार रुपैयाँसम्ममा पाउन सकिने छ । हाल ब्राजिलमा सार्वजनिक हुँदा यसको मूल्य २० हजार ३९० बीआरएल रहेकाे छ ।एजेन्सिको सहयोगमा ।