
काठमाडौं, १३ भदौं । साताको पहिलो दिन आईतबार शेयर बजारको प्रिओपन सेसनमा नेप्से उकालो लागेपनि बजार बन्द हुँदाको समयसम्म आउँदा भने ओरालो लाग्यो । फाइनान्स उपसमूहमा हरियो लागे पनि बाँकी सबै उपसमुह राताम्मै भएका छन३ ।
प्रिओपन सेसनमा नेप्से परिरसूचक ११.६९ अंकले बढेर ३१०५ विन्दुमा पुगेको थियो । सेन्सेटिभ इण्डेक्स २.०९ अंकले बढेको थियो । यसअघि साताको अन्तिम कारोबार भएको दिन नेप्से १७.६० अंकले बढेर ३०९४.०५ विन्दुमा रोकिएको थियो ।
आज नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३०४५.२० विन्दुमा झरेको छ । नेप्से १.५८ पतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.५७ अंकले घटेर ५६२.८८ विन्दुमा पुगेको छ ।
कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयरको खरिदबिक्रीबाट १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये फाइनान्स उपसमूहबाहेक बाँकी १२ वटा उपसमूह राताममै भएका छन् । सबैको शेयर घटेको छ ।
बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाईड्रोपावर, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको १ अर्ब ३१ करोड ८३ लाख ४४ हजार ७७८ रुपैया ५० पैसा बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




