लेखनाथ उद्योग वाणिज्य संघको महाधिवेशन स्थगित

-



     सफल आवाज    
     भाद्र १३ गते २०७८ मा प्रकाशित



पोखरा, १३ भदौ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशन स्थगित हुने भएको छ । कास्की प्रशासनले कोरोनाको जोखिमको कारण देखाउँदै महाधिवेशन स्थगित गर्न निर्देशन दिएको हो ।

संघको यही भदौ १८ र १९ औं गते हुने महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली टुंगिएको छ । आगामी नेतृत्वका लागि छत्रधर आत्रेयको मात्र उम्मेदवार पछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका छन् । अन्य पदहरुमा भने मतदान बाँकी छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा कायम गरेको छ । जसमा भीडभाड गर्न तथा भेला जुलुस गर्न निषेध छ । हाल कास्कीमा सवारीसाधन जोरबिजोरमा चलाइएको छ ।