बुद्धभुमि नेपाल हाइड्रोको आईपीओ आवेदनकाे म्याद थप

-



     सफल आवाज    
     भाद्र १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ भदौ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ।

आजसम्म आवेदन दिन सकिने व्यवस्था रहेको सो आईपीओमा यस दिन सार्वजनिक बिदा परेका कारण आवेदन दिने म्याद १ दिन थप गरिएको हो। सो शेयरमा अब भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो। आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।