ग्लोबल आइएमई बैंकले तीजको अवसरमा ल्यायो क्यासब्याक योजना

-



     सफल आवाज    
     भाद्र १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ भदौं । ग्लोबल आइएमई बैंकले कुशे औंसी र हरितालिका तीजको अवसरमा ग्राहकहरुको लागि विशेष क्यासब्याक योजना ल्याएको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्युआर भुक्तानी, डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले तीज पर्वको अवसरमा महिलाहरूकाे लािग क्याकब्याक योजना सार्वजनिक गरेको जनाएको छ ।

बैंकले ल्याएको क्यासब्याक योजना अनुसार भदौ २१ गते तथा कुशे औंसीको दिन भदौ २२ गते बुबाका लागि कुनैपनि उपहारको खरिदमा ”गिफ्ट टु फादर” लेखेर क्युआर कोडमार्फत भुक्तानी गर्दा ३०० रुयैयाँसम्म क्यास ब्याक दिईने भएको छ ।

यस्तै कुसे औंसीको दिन भदौ २३ गते फुडमाण्डुबाट खानाका परिकारको अर्डर गर्दा बैंकको डेबिट, क्रेडिट कार्डको माध्यमबाट अनलाइन पेमेन्ट गर्दा ५०० रुपैयाँसम्म क्यासब्याक दिईने भएको छ ।

यस योजना विशेषगरी महिला दिदीबहिनीहरुको लागि रहेको छ । बैंकमा ‘नारि शक्ति बचत’ खाता भएका दिदिबहिनीले डेबिट कार्डबाट पीओएस/इसिओएम मार्फत ३ हजार रुपैयाँभन्दा माथिको कारोबारमा ३०० रुपैयाँ क्यासब्याक पाउने भएका छन् । बैंकका अनुसार यो योजना भदौ १६ गतेदेखि भदौ ३१ गतेसम्म लागू हुनेछ ।