अफगानिस्तानबाट कूल ८३३ नेपाली नागरिककाे उद्धार

-



     सफल आवाज    
     भाद्र १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ भदौ । अफगानिस्तानबाट उद्धार भई कतार एयरको नियमित उडानबाट थप ५ जना स्वदेश फर्किएका छन् ।

यससँगै हालसम्म कूल ८३३ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।