
काठमाडौं, १७ भदौ । साताको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा उतारचढाव आएको छ । सुनको भाउ निरन्तर ओरालो लाग्ने क्रम रोकिएको छैन । चाँदीको भाउ सामान्य रुपले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ रुपैयाँ २०० ले घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीमा भने रुपैयाँ १० ले बृद्धि भएर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




