सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औं शाखा हाकिमचोकमा

-



     सफल आवाज    
     भाद्र १७ गते २०७८ मा प्रकाशित



काठमाडाैं, १७ भाद्र । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ९६ औं शाखा संचालनमा ल्याएको छ । ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले बिहीबार देखि चितवनको भरतपुरस्थित हाकिमचोकमा शाखा संचालनमा ल्याएको बैंकका नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशीले बताए ।

हाकिमचोक शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९६ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको जनाइएको छ ।