
काठमाडौं, १८ साउन । सामलिङ पावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियको लागि आइपीओ निष्काशन तथा बिक्रीमा ल्याएको हो । यसअघि आइपीओ साउन २२ गतेबाट निष्काशन गर्ने भनिएको थियाे । कोरोना भाइरसको संक्रमणकाे जोखिमको कारण जिल्लामा लागू गरिएको निषेधाज्ञाले स्थगित गरिएको थियो ।
प्रतिशेयर १०० रुपैयाँ मूल्य अंकित दरले १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आइपीओ निष्काशनका लागि सेबोले अनुमति दिएको छ ।
कम्पनीले पहिलो संस्करणमा स्थानिय वासिन्दका लागि ५ लाख कित्ता आइपीओ निष्काशन गरेकाे हाे । कुल शेयरबाट ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र इलामका जनताका लागि र बाँकी हुने २ लाख कित्ता शेयर आयोजना क्षेत्र वरपरका अति प्रभावित इलाम नगरपालिकाका वडा नं ८ र १०, माईजोगाई गाउँपालिका वडा नं ४ र ५ का बासिन्दाहरुका लागि रहेको छ ।
लगानीकर्ताले कम्तिमा १० कित्तार बढीमा २० हजार कित्ता सम्मका लागि आवेदन दिने सक्नेछन् । यसका लागि चाँडोमा असोज १ गते तथा ढीलोमा असोज १७ गतेसम्म आवेदन पेश गर्न सकिने छ ।
आइपीओमा लगानी गर्न चाहने लगानीकर्ताले नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक तथा लक्ष्मी बैंकका इलाममा शाखा कार्यालयबाट आवेदन पेश गर्न सक्नेछन् । यसका साथै सिआस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाईने भएको छ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




