
काठमाडौं, १८ भदौ । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले यसै महिना राजीनामा दिने भएका छन् । त्यस्तै उनी सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी)को अध्यक्षका लागि पनि प्रतिस्पर्धा नगर्ने भएका छन् ।
सुगाले गत् सेप्टेम्बरमा सिन्जो आबले स्वास्थ्यका कारण राजीनामा दिएपछि जापानको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तर कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको भन्दै उनको आलोचना भइरहेको छ । जापानमा यही नोभेम्बरमा संसदीय चुनाव हुँदैछ । जापानको संवैधानिक व्यवस्थाबमोजिम यही नोभेम्बर २८ वा त्यसभन्दा अघि चुनाव गर्नुपर्नेछ ।
शुक्रबार पार्टीको कार्यकारी समितिको बैठकमा सुगाले कोरोना भाइरस नियन्त्रणमा ध्यान केन्द्रित गर्न चाहेको र नेतृत्वमा प्रतिस्पर्धा नगर्ने बताएको एलडीपीका महासचिव तोसिहिरो निकाईले बताए ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




