
काठमाडौं, २० भदौ । मञ्जुश्री फाइनान्सले भदौ १५ गतेदेखि लिलामी बिक्रीमा ल्याएको संस्थापक समूहतर्फको ९ हजार १८७ कित्ता लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
प्रतिकित्ता शेयर मूल्य घटिमा तीन सय रुपैयाँ रहेको छ । शेयर खरिद गर्न चाहने लगानीकर्ताले तीन सय रुपैयाँभन्दा माथिको मूल्य राखेर बोलपत्र पेश गर्नुपर्नेछ ।
संस्थापक शेयर खरिदका लागि विद्यमान संस्थापक, इच्छुक व्यक्ति, कम्पनी र विभिन्न संघसंस्थाले आवेदन दिन सक्नेछन् । शेयर खरिदकर्ताले घटिमा १०० कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् ।
यसका लागि बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा शिलबन्दि बोलपत्र पठाउनु पर्नेछ ।
कम्पनीका साविकका शेयरधनीहरुले आवेदनमा आफनो शेयरधनी नम्बर, हितगाही खाता नं अनिवार्य लेख्नु पर्नेछ । पेश गरिएको बोलपत्र भदौ २१ गते बिहान १० वजे बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय काठमाडौं लाजिम्पाटमा बिहान १० वजे खोलिने छ ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




