ह्वात्तै बढ्यो सुन र चाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     भाद्र २० गते २०७८ मा प्रकाशित




काठमाडौं, २० भदौ । यतिबेलाको सिजन चाडपर्वको रहेको छ । क्रमैसंग चाडपर्व आउने र जाने गरेका छन् । साताको पहिलो दिन आईतबार आज सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । छापावाला सुनमा रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ ३५ ले बृद्धि भएको छ ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकै आएको छ । यो अवसरमा चेलीहरु गच्छेअनुसार सुकिलो पहिरण र गरगहनामा सजिने गर्दछन् भने वर्षभरिका पिरमर्कालाई मुक्त कन्ठले गाउँदै, नाच्दै, माइती भेट र भलाकुसारी गरेर रमाउने गर्छन् ।

यहि परिवेशमा नेपाली गरगहनाको बजार पनि तातिने गरेको व्यवसायीको पूरानो अनुभव कायमै रहेको छ । यद्यपी अहिले कोरोनाको संक्रमणको जोखिमको कारण पहिले जस्तो चहलपहल नभए पनि बिस्तारै बजार पूरानो अवस्थामा फर्किने अपेक्षा भने रहिरहेको छ । अहिले मध्यम खालको किनमेल भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघसंग आवद्ध व्यवसायी तथा कालिगढले बताएका छन् ।

साताको पहिलो दिन आईतबार आज सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । छापावाला सुनमा रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ ३५ ले बृद्धि भएको छ महासंघले जानकारी दिएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुन रुपैयाँ ६०० ले बृद्धि भएर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३५ ले बृद्धि भएर प्रतितोला १ हजार २३० रुपैयाँमा काराृेबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।