राताम्मै भयाे शेयर बजार, ५ अर्ब बढीकाे काराेबार

-



     सफल आवाज    
     भाद्र २० गते २०७८ मा प्रकाशित



काठमाडाैं, २० भदाै । साताको पहिलो दिन आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ११६.७३ अंकले घटेर २८१०.२६ विन्दुमा झरेको छ । नेप्से ३.९९ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स २०.३६ अंकले घटेर ५२१.४१ विन्दुमा झरेको छ ।

२१३ कम्पनीको शेयर कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म १ करोड ९६ लाख ७ हजार ८७९ कित्ता शेयरको कारोबारबाट ५ अर्ब १५ करोड ११ लाख ५ हजार ९१५ रुपैयाँ बराबरको कारोबार भएको छ । १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।

तर शेयर बजार बन्द हुँदाको समयसम्म घट्ने र बढ्ने नतिजा देखिने भएकोले फेरि शेयर बजार सकारात्मक लयमा जानसक्ने संभावना उत्तिकै हुन्छ । उक्त समयसम्म भने पर्खिनै पर्ने हुन्छ ।

यस्तो थियो प्रि-ओपन सेसन

साताको पहिलो दिन आईतबार शेयर बजारमा सुखद् लयमा देखियो । प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.८१ अंकले बढ्यो । बिहिबार नेप्से परिसूचक ५०.१३ अंकले घटेर २९२६.८९ विन्दुमा झरेको थियो ।

आजको प्रि-ओपन सेसनमा नेप्से २९२८.८० विन्दुमा पुगेको थियाे । सेन्सेटिभ इण्डेक्स ०.३० अंकले घटेको देिखयाे । आजको प्रि-ओपन सेसनमा ४५ कम्पनीको शेयर कारोबार भएको छ । उनीहरुमा ११ कम्पनीको शेयरमूल्य बढेकाे थियाे । २० कम्पनीको घट्याे । बाँकि रहेका १४ कम्पनीको शेयरमूल्य सेसन अवधिमा स्थिर रहेको देखियाे ।