
काठमाडौं, २० भदौ । शेयर बजार नकारात्मक लयमा गएपछि लगानीकर्ताहरूले चर्काे विराेध र असन्तुष्टि जनाइरहेका छन् । नेपाल राष्ट्र बैंकले १२ करोड शेयर धीतो कर्जाको सीमा तोकेपछि बेखुसि भएका लगानीकर्ताहरुको असन्तुष्टिको आवाजसंगै शेयर बजारको सन्तुलन गुमेको देखिएको छ । उनीहरुले विरोधसंगै नेपाल राष्ट्र बैंकका गभर्नरको राजिनामासम्म माग्न थालेका छन् ।
लगानीकर्ताहरुले १३ बुँदे माग राख्दै विरोध गरेका र राजिनामा मागेका छन् भने सोमबार राष्ट्र बैंक घेराउ गर्ने चेतावनी दिएका छन् । उनीहरुले वर्तमान गभर्नर महाप्रसाद अधिकारीले राजिनामा दिनुपर्ने बताउँदै विभिन्न समयका नीति तथा कार्यक्रमले शेयर बजार अगाडी बढ्न नसकेको दावि गरेका छन् ।
मौद्रिक नीति २०७८ तथा एकिकृत निर्देशिकाले शेयर धितो कर्जाको सीमालाई १२ करोड बनाएपछि बजारमा गिरावट र लगानीकर्तामा असन्तुष्टि शुरु भएको हो ।
नेप्से परिसूचक साताको पहिलो दिन आईतबार १०८.२६ अंकले घटेर २८१८.७२ विन्दुमा झरेको छ । नेप्सेमा ३.७० प्रतिशतले गिरावट आउँदा सेन्सेटिभ इण्डेक्स १९.७६ अंकले घटेर ५२२.०१ विन्दुमा रहेको छ ।
कुल २२३ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयरको खरिदबिक्रीबाट ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
तेह्र वटै उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।
बैंकिङ, व्यापार, होटल तथा पर्यटन, हाइड्राेपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइडरोपावर कम्पनीको ७० करोड ३३ लाख ३० हजार २०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।














काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




