
बारा, २० भदौ । मालपोत कार्यालय सिमरा बाराले गत आर्थिक वर्षमा रु ४६ करोड ३९ लाख ४३ हजार नौ सय राजस्व सङ्कलन गरेको छ ।
तीमध्ये घरजग्गा रजिष्ट्रेशन शुल्कबापत रु २८ करोड ५३ लाख ८६ हजार, पुँजीगत लाभकरबापत १४ करोड ४७ लाख, रोक्का शुल्कबापत रु तीन करोड ५९ लाख ७९ हजार, सेवा शुल्कबापत रु १४ लाख नौ सय, विविध शुल्कबापत ११ लाख दुई हजार र पुँजी बिक्री शुल्कबापत रु २९ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयअन्तर्गत पिपरा सिमरा, भवानीपुर जीतपुर, छातापिपरा, रामपुर टोकनी, लिपनीमाल, बुनियाद, फत्तेपुर, डुमरवाना, मनहर्वा र इनर्वासिरा गाउँ विकास समिति रहेको बताइएको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




