
काठमाडौं, २१ भदौ । एनएमबि क्यापिटलको निष्काशन तथा बिक्रीमा ल्याईएको ‘एनएमबि सरल बचत फण्ड ई’ मा ८० हजार बढीको आवेदन परेको छ । फण्डका लागि आवेदन दिने समय आजसम्म रहेकाे छ ।
क्यापिटलले भदौ १७ गते निष्काशन गरेको ुएनएमबि सरल बचत फण्ड ईु मा ८० हजार ९६ आवेदनबाट ४ करोड ६१ लाख ५४ हजार ४५० इकाईका लागि आवेदन परेको हो । जो सर्वसाधारणका लागि बिक्रीमा ल्याईएको २ करोड ५० लाख इकाईको १.८६ गुणा बढी मानिएकाे छ ।
‘एनएमबि सरल बचत फण्ड ई’ एक खुलामुखी म्युचुअल फण्ड हो । जसमा क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । क्यापिटले कुल इकाईको ४ करोड इकाई पहिलो चरणमा बिक्री गरेको जनाएको छ ।
कुल इकाईबाट कोषको प्रवर्धक रहेको एनएमबि बैंकका लागि १ करोड ४० लाख इकाई रहेको छ । जो १४ प्रतिशत हो । साथै योजना व्यवस्थापक क्यापिटलका लागि १ प्रतिशत रहेको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याईएको हो ।
यो फण्डमा आवेदनका लागि यसअघि भदौ २१ गते आजसम्म आवेदन दिने मिति तोकिएको थियो । माग बमोजिम आवेदन नपरेको खण्डमा लगानीकर्ताले भदौको ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले घटिमा १०० इकाईदेखि बढीमा ४० लाख इकाईका लागि आवेदन पेश गर्न सक्नेछन् ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




