फेरि घट्यो सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ भदौ । सुनचाँदीको भाउमा उतारचढाव हुने क्रम जारिरहेको छ । साताको दोश्रो दिन सोमबार छापावाला सुनमा रुपैयाँ १०० ले गिरावट भएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको भाउ रुपैयाँ १०० ले घटेर भएर प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयामा कारोबार भएको छ । यसअघि आईतबार तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य भने यसदिन स्थिर रहेको छ । चाँदी स्थिर रहेर आईतबारकै भाउ प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको छ ।