४ भेरियन्टको अल न्यू हुन्डाई टुसान सार्वजनिक

-


     सफल आवाज    
     भाद्र २२ गते २०७८ मा प्रकाशित


काठमाडौं, २२ भदौ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अल न्यू टुसान गाडी सार्वजनिक गरेको छ । हुण्डाईकाे फ्यूचरस्टिक डिजाईनमा बनाईएको नयाँ जेनेरेसन टुसान विश्वभरमा नै प्रचलित भएको मोडल हो । मोस्ट डाइनामिक एण्ड ट्रेण्डी डिजाइनमा भएको कारण संसारभर नयाँ जेनेरेशन टुसानलाई डिजाइन रिभोलुसनको रुपमा पनि हेरिएको छ ।

यो गाडी नेपालमा ४ प्रकारमा उपलव्ध हुनेछ । जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टु ह्वील डइभ अटोमेटिक (पेट्रोल), जिएलएस टु ह्वील ड्राइभ अटोमेटिक (पेट्रोल) तथा जिएलएस फोर ह्वील ड्राइभ अटोमेटिक (डिजेल) भेरियन्टमा रहेका छन् । यसको आरम्भको मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हुण्डाई माेटर्सको नेपालका लागि आधिकारीक बिक्रेता हो । यसका नेपालभर १३ वटा शोरुम रहेका छन । १७ वटा सर्भिस नेटवर्कहरुबाट गाडीको बिक्री र सेवा प्रदान गर्दै आएको छ ।