
काठमाडौं २२ भदौ । साताको तेश्रो दिन मंगलबार शेयर बजार ओरालो लागेको छ । दुई उपसमूहबाहेक सबै उपसमूहहरु राताम्मै भएका छन् । कारोबार रकममा पनि गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.१८ अंकले बढेर २९३६ विन्दुमा झरेको छ । नेप्से १.४८ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ५.०५ अंकले घटेर ५४८.३५ विन्दुमा रहेको छ ।
कुल २२२ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति ०७८ तथा बाह्र करोडको शेयर धितो कर्जाको सीमा निर्धारण गरेपछि खैलाबैला मच्चिएको शेयर बजारमा सकारात्मक लय पकड्न सकेको छैन । सोमबार साँझ अर्थमन्त्री जनार्दन शर्मा तथा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच टेलिफोनमा शेयर बजारका समस्याका बारेमा सकारात्मक बनेको भन्ने कुरा आए पनि मंगलबार पनि लगानीकर्ताहरु ढुक्क हुन सकेनन र सूचकहरु राताम्मै भएका छन् ।
यसदिन अन्य उपसमूह १.०१ प्रतिशतले बृद्धि भएको छ भने म्युचुअल फण्डमा ०.५६ प्रतिशतको बृद्धि भएको छ । बाँकी ११ वटै उपसमूहको शेयर घटेको छ ।
बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्राेपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहको शेयर घटेको छ ।
कारोबारको आधारमा युनाईटेड मोदी हाइड्राेपावर लिमिटेडको ६१ करोड ९२ लाख ९१ हजार ९२ रुपैया ५० पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




